नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान सुरु भएको छ । आगामी दुई वर्षभित्र नगरपालिका खरको छानामुक्त बनाउने अभियान अन्तरगत असार १८ गते ४५ घर निम्न वर्गका परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ता बापतको रकम प्रदान गरिएको छ ।
संघीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरीब परिवारलाई ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताइन् । प्रति परिवारलाई ५० हजार उपलब्ध गराउने कार्यक्रम अन्तरगत पहिलो किस्ता बापतको २५ हजारका दरले उपलब्ध गराइएको हो । उक्त रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरेका छन् ।
दश हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान सुरु गरेपछि निम्न अवस्थाका घर परिवार हर्षित भएका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् । नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउनेगरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए ।
नगरपालिकाले सुरु गरेको गरिबका लागि छाना कार्यक्रम प्रभावकारी रहेको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकामा यसअघि जनता आवास कार्यक्रम अन्तरगत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरीब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्धारा सञ्चालित जनता आवास परियोजना अन्तरगत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरीब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरीब परिवारलाई एकमुस्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दश वटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरीबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित