कोरोना संक्रमितसंग सम्पर्कितको पीसीआर नेगेटिभ

  • प्रकाशित मितिः असार १६, २०७७
  • 981 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिदामा घर आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरीका प्रहरी जवानलाई कोरोना पुष्टि भएपछि उनका आफन्तको पीसीआर गर्दा नतिजा नेगेटिभ देखिएको हो । उनी सप्तेशवरछितापोखरीस्थित अस्थायी प्रहरीचौकी छितापोखरीमा काजमा महिना दिन बिताएर प्रहरी प्रधान कार्यालय काठ्माण्डौं फर्किएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
उनका परिवारका पाँच जना सदस्य, अस्थायी प्रहरीचौकीमा कार्यरत पाँच जना प्रहरी र एक प्रहरीका श्रीमतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
दरबन्दीमा हाजिर हुन काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि गत आइतबार उनीहरु सहित ३२ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाइएकामा असार १६ गते सबैको रिपोर्ट नेगेटिभ आएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
गत फागुनमा बिदामा घर आएका थापा थरका प्रहरी जवान लकडाउनका कारण गत जेठ ६ गतेदेखि अस्थायी प्रहरीचौकी छितापोखरीमा सम्पर्क काजमा बसेका थिए । दरबन्दी भएको प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा हाजिर हुनका लागि असार ८ गते जीपमार्फत काठ्माण्डौं गएका थिए ।
काठ्माण्डौं जाने क्रममा असार ७ गते घरबाट पैदल हिँडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आफ्नो दिदीको घरमा पुगेका थिए । संक्रमित पूष्टि भएका प्रहरी जवानसँग बाम्राङकै दुई जना पुरुषले जीपमा यात्रा गरेको पाइएको छ । उक्त जीपका चालक भने काभ्रे चैरेदेउरालीका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित