नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १४–कृषि बालीका लागि हानिकारक सलह खोटाङका जिल्लाका अधिकांश पालिकाहरुमा पनि देखा परेको छ । असार १३ गते तराईबाट प्रवेश गरेको सलह असार १४ गते विहानैदेखि जिल्लाका अधिकांश पालिकाहरुमा फाट्टफुट्ट देखा परेको हो ।
सलह देखा परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यो किरा देखिए नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । सलह प्राय सबै पालिकाहरुमा देखिएको छ । यसबारे असार १५ गते बैठक आयोजना गरेर समाधानका उपाय अपनाइने कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिकामा सलह देखिएपछि स्थानीय आतङ्कित बनेका छन् । गत वर्षको खडेरी, असिना झरी, फौजी किरा लगायतका कारण अनिकालको सामना गरिरहेको हलेसी क्ष्ँेत्रमा किरा देखिएपछि स्थानीय आतङ्कित भएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित