दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पत्रकारलाई प्रोत्साहन भत्ता, उपचार खर्च दिने नीति पारित ग¥यो

  • प्रकाशित मितिः असार १२, २०७७
  • 1253 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १२–जिल्लाको दिप्रङ चुइचुम्मा गाउँपालिकाले पत्रकारलाई प्रोत्साहन भत्ता तथा जटिल रोग उपचार खर्चको सुविधा दिने नीति पारित गरेको छ । असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता र जटिल रोग उपचार खर्च दिने नीति पारित गरेको हो ।
यद्यपित महासंघको सदस्यता लिएर पत्रकारितासंगै अन्य पेशामा आवद्ध रहेका पत्रकारहरुका लागि यो व्यवस्था लागू नहुने नीति बनाइएको छ ।
पारित नीति अनुसार जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गम्भीर प्रकृतिका मुटु रोग, क्यान्सर, मष्तिष्क घात भएमा त्यस्ता पत्रकारहरुका लागि गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्ने उल्लेख छ ।
उक्त गाउ“पालिकाको सातौं गाउ“सभामा प्रस्तुत नीति, कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको वृत्ति विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने, गाउ“पालिकाको सुशासन अभिवृद्धिका लागि सूचनाको हक सम्वन्धी कानून कार्यान्वयनमा जोड दिने, गाउँपालिकाका हरेक सूचना घर–घरमा पु¥याउने, सामुदायिक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने, एफ.एम.रेडियो सञ्चालनका लागि अनुमति दिने लगायतका उल्लेख छ ।
उक्त गाउ“पालिका अध्यक्ष भुपेन्द्र राईले भने–‘पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउ“न र कार्यान्वयन गर्न मुलुकभर आवाज उठिरहेको बेला हाम्रो ठाउ“बाट गरौं भन्ने हाम्रो नीति हो ।’ अध्यक्ष राईले थपे–‘सूचना तथा सञ्चार माध्यमको दृष्टिकोणले नमूना गाउ“पालिकाको रुपमा विकसित गर्ने लक्ष्य लिएका छौं ।’
मिडियामैत्री नीति तथा कार्यक्रम ल्याएको भन्दै जिल्लाका पत्रकारले दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समेत पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउनु पर्ने पत्रकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित