जिल्लाका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७७
  • 1041 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–जिल्लाका दशै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका सहित आठ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
यस्तै, साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको छ । बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ५९ हजार बजेट ल्याएको छ ।
जिल्लाका नौँ स्थानीय तहले असार १० गते र खोटेहाङ गाउँपालिकाले असार ११ गते नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवम् नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।
जिल्लाका अधिकांश स्थानीय तहले यस वर्षपनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्ग बाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।
जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा सङ्घ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित