पेटमै बच्चा गुमाएकी महिलाको उद्धार

  • प्रकाशित मितिः असार ९, २०७७
  • 1436 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ९–पेटभित्रै बच्चा गुमाएकी १९ वर्षीया महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । पेटमै बच्चा गुमाएपछि सिकिस्त बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्माको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि असार ९ गने हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको हो ।
सुत्केरी व्यथाले च्यापेपछि असार ८ गते राती जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएको थियो । उनको गर्भमै बच्चाको मृत्यु् भएको थाहा भएपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको हो ।
उनको रक्तश्राव समेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत चिकित्सक नारायण बरालले बताए । उनलाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ग्राण्डी हस्पिटलको हेलिकोप्टर मार्फत उद्दार गरेर काठमाडौँ पठाइएको हो । उनको तीन वर्षीय छोरा छन् । मन्दिराको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित