योजना निर्माणमा खोटेहाङ गाउ“पालिका

  • प्रकाशित मितिः जेठ २६, २०७७
  • 1673 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ, जेठ २६–जिल्लाको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबम योजना निर्माण सुरु गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि गाउँपालिकाले विषयगत समिति र सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै नीति तथा कार्यक्रम एबम् योजनालाई अन्तिम रुप दिन योजना निर्माणमा जुटेको हो ।
विषयगत समिति र गाउँपालिकाको सम्बन्धित विषयका सरोकारवाला बीच भएको छलफल, बहस र रायका आधारमा नीति तथा कार्यक्रम एबम् योजनालाई अन्तिम रुप दिइने गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
गाउँपालिकाले जेठ २५ गतेदेखि सामाजिक दुरी कायम गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबम् योजनासम्वन्धी विषयगत समितिहरु र सरोकारवालासँगको पाँच दिने अन्तरक्रिया सुरु गरेको छ । अन्तरक्रियाको पहिलो दिन वन वातावरण तथा विपद व्यवस्थापन समितिको विषयमा छलफल गरिएको छ । जेठ २६ गते सामाजिक विकास समितिको विषयमा छलफल गरिएको छ ।
जेठ २७ गते सुशासन तथा संस्थागत विकास समिति, जेठ २८ गते आर्थिक विकास समिति र जेठ २९ गते पूर्वाधार विकास समितिको विषयमा आवश्यक छलफल सहित नीति तथा कार्यक्रम एबम् योजना तय गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।
कृषि कार्यक्रम योजना तर्जुमा गोष्ठी, गाउँपालिकाको विभिन्न शाखा अन्तरगत सम्पादित कामको मूल्याङ्कन, समीक्षा एबं आगामी आर्थिक वर्ष तय गर्नुपर्ने योजनाका बारेमा छलफल, राजस्व परामर्श समितिको बैठक, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबम् योजना निर्माणको विषयमा अन्तरक्रिया सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित