नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजार क्षेत्रभित्र निर्माणाधीन विकासे योजनाहरुको अनुगमन गरेको छ । नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, राजनीतिक सल्लाहकार कमल ढकाल लगायतका प्राविधिक टोलीले योजना अनुगमन गरेको हो ।
जेठ २४ गते दिक्तेल बजारको ढलान (रत्नपार्कदेखि संगमटोल) बैंकचोक–झिसेपु ढलान, त्रिवेणीचौक–लोकसेवा आयोगसम्मको सडक ढलान, मनोजमार्ग बाटो निर्माण, त्रिवेणीचोक–लयालु बाटो निर्माण, अल्सेढुङ्गा सडक ढलान, बजारक्षेत्रको विद्युत तार व्यवस्थित तथा दिक्तेल शहरी खानेपानी आयोजना अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । उक्त योजनाहरु छिट्टै नै सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित