नरसंहारको विरोधमा दलित संघसंगठन

  • प्रकाशित मितिः जेठ २१, २०७७
  • 1347 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २१–जाजरकोटको नरसंहारको विरोधमा विरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि जेठ २१ गते धर्ना दिएका छन् । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराज विश्वकर्मा सहित उनका ६ जना साथीहरुको जेठ १० गते हत्या गरिएको विरोधमा खोटाङ दलित विकास मञ्च लगायत विभिन्न दलित संघसंगठन, जातीय मोर्चा तथा अभियानकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
उनीहरुले हत्यामा संलग्न दोषीलाई कारबाही माग गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा दलित संघसंगठन तथा जातीय मोर्चाका प्रमुख तथा प्रतिनिधिले मुखमा कालोपट्टी बाँधेर कालो व्यानरसहित प्रशासन अगाडि धर्ना दिनु परेको खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।
प्रशासनमा धर्ना दिनुअघि दलित संघसंगठन, जातीय मोर्चा तथा अधिकारकर्मी लगायतले लकडाउनकै बीच दिक्तेलबजारको त्रिवेणी चोकबाट पुरानो बेस क्याम्प हुँदै प्रशासनसम्म विरोध ¥याली निकालेका थिए । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपछि फरि ¥याली सुरु गरी त्रिबेणी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै जातीय मोर्चाकातर्फबाट रश्मी रसाईली, संघसंस्थाकातर्फबाट दिपक ठटाल, दलित प्रतिनिधिकातर्फबाट रमेश परियार र अभियानकर्मीकातर्फबाट धनीराम राईले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी कठघरामा ल्याउन र कारवाही गर्न माग गरेका छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी एक युवतीसँग अन्तरजातीय प्रेम सम्वन्ध रहेको र विवाहका लागि लिन जानेक्रममा चौरजहारी नगरपालिका–८ का वडा अध्यक्षको अगुवाइमा नवराज र उनका साथीहरुमाथि ज्यानै लिने गरी आक्रमण गरिएको थियो । नवराज सहित ६ जनाको हत्याको विरोधमा दलित संघसंगठनले लकडाउनकै बीचमा जेठ १६ गते पनि दिक्तेलमा विरोध ¥याली प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलार्य ज्ञानपनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित