दिक्तेलमा आरडीटी पोजिटिभ देखिएका दुई जनाको पीसीआरका लागि स्वाब सङ्कलन गरियो, स्वाब काठमाडौं पठाउने तयारी

  • प्रकाशित मितिः जेठ १९, २०७७
  • 924 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आरडीटी पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब सङकलन गरिएको छ । जेठ १८ गते दिक्तेलमा गरिएको आरडीटी परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको थियो । दुबै जनाको स्वाब सङ्कलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए ।
जन्तेढुङ्गा गाउ“पालिकामा थप दुई सहित पाच जनाको आरडीटी परीक्षण पोजिटिभ देखिएपछि उनीहरुको स्वाब सङ्कलन गरेर विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ । उक्त पालिकामा जेठ १८ गते गरेको आरडीटी परीक्षणमा दुई र जेठ १६ गते पनि तीन जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो ।
ऐलेलुखर्कमा आरडीटी पोजिटिभ देखिएका सात सहित त्यहा“का १९ जनाको स्वाब सङ्कलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ १८ गते पठाइएको डा. श्रेष्ठले सुनाए । हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएका दुई सहित अन्य ३३ जनाको स्वाब सङ्कलन गरेर कोशी अस्पताल पठाइसकिएको डा. श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित