जन्तेढुङ्गामा थप दुई जनाको आरडीटी पोजिटिभ, पीसीआरका लागि स्वाब पठाइयो

  • प्रकाशित मितिः जेठ १८, २०७७
  • 1018 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–जन्तेढुङ्गा गाउ“पालिकामा थप दुई जनाको आरडीटी पोजिटिभ देखिएको छ । उक्त पालिकामा जेठ १८ गते गरेको आरडीटी परीक्षणमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उक्त पालिकामा गत जेठ १६ गते पनि तीन जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो ।
उनीहरु पाचै जनाको स्वाब सङ्कलन गरेर पीसीआरका लागि विराटनगरस्थित कोशी अस्पताल पठाउने तयारी गरिएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए । ऐलेलुखर्कमा आरडीटी पोजिटिभ देखिएका सात सहित त्यहा“का १९ जनाको स्वाब सङ्कलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ १८ गते पठाइएको डा. श्रेष्ठले सुनाए । हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएका दुई सहित अन्य ३३ जनाको स्वाब सङ्कलन गरेर कोशी अस्पताल पठाइसकिएको डा. श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित