ऐसेलुखर्कमा थप पा“च जनाको आरडीटी पोजिटिभ

  • प्रकाशित मितिः जेठ १७, २०७७
  • 1128 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–जिल्लाको ऐसेलुखर्क गाउ“पालिकामा थप पा“च जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १७ गते ५३ जनाको आरडीटी परीक्षण गर्दा पा“च जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

उक्त गाउ“पालिकामा जेठ १६ गते पनि दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो । त्यस दिन ४९ जनामा आरडीटी गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो । गाउ“पालिकाका स्वास्थ्य शाखा संयोजक एबम् कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालका अनुसार जेठ १६ र १७ गते देखिएको आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सात जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुमध्ये एक जना महिला छन् । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेर पठाउने तयारी गरिएको गाउ“पालिकाले जनाएको छ । पीसीआरका लागि स्वाव सङ्कलन गर्ने भिटिएम दिक्तेलबाट मगाइएको गाउ“पालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

जेठ १६ गते जन्तेढुङ्गा गाउ“पालिकामा तीन र हलेसी तुवाचुङ नगरपालिकामा दुई जनाको आरडीटी परीक्षणमा पोजिटिभ देखिएको थियो । उनीहरुमध्ये हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएको दुई जना सहित अन्य ३३ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर विराटनगरस्थित कोशी अस्पताल पठाइसकिएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित