अग्रपङ्क्तिमा खटिनेको पीसीआर रिपोर्ट नेगेटिभ

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • 1143 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १६–अग्रपङक्तिमा खटिनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी तथा पत्रकारहरुको गत जेठ १२ गते सङ्कलन गरिएको ८५ मध्ये ८३ जनाको स्वाब परीक्षणमा नेगेटिभ देखिएको हो । अन्य दुई जनाको रिपोर्ट आउन बा“की रहेको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए ।
जिल्लामा अग्रपङ्क्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, चालक र संकाष्पद व्यक्तिहरुको सोमबार स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमध्ये ८३ जनाको रिपोर्ट जेठ १६ गते आएको हो ।
स्वाब जिल्ला अस्पताल खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त संयोजनमा दिक्तेलस्थित सरस्वती माविमा सोमबार संकलन गरिएको हो । यसमा ५ जना पत्रकार, ८ जना प्रहरी, १४ जना स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारीहरु २० जना, विभिन्न बैंकका कर्मचारीहरु ८ जना र दिक्तेल माटिकोरे कभर्ड हल क्वारेन्टाइनमा रहेका १५ जना गरी ८५ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।
यसबाहेक एक सय ५ जनाको पीसीआर गरिएको जिल्ला अस्पतालका थियो । यसमध्ये एक जनामा कोरोना भाइरस पुष्टि भएको डां श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित