खोटाङमा सात जनामा आरडीटी पोजिटिभ

  • प्रकाशित मितिः जेठ १६, २०७७
  • 1642 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १६–जिल्लाका विभिन्न पालिकाहरुमा गरिएको आरडीटी परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १६ गते गरिएको आरडीटीमा ऐलेलुखर्क गाउ“पालिकामा दुई, जेन्तेढुङ्गा गाउ“पालिकामा तीन र हलेसी तुवाचुङ नगरपालिकामा दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए ।
उमेर र ठेगानाको विवरण भने आइनसकेको प्रजिअ शर्मा पौडेलले सुनाए । हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब सङ्कलन गरेर विराटनगरस्थित कोशी अस्पताल पठाइएको जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित