फ्रन्ट लाइनमा बसेर काम गर्नेको पीसीआर परीक्षणमा पठाइयो

  • प्रकाशित मितिः जेठ १२, २०७७
  • 1207 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १२–फ्रन्ट लाइनमा बसेर काम गर्ने सहित अन्य ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । जेठ १२ गते जिल्लामा फ्रन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, चालक, बैंकर लगायतकाको स्वाब सङ्कलन गरेर पठाइएको हो ।
जिल्ला अस्पताल खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त संयोजनमा दिक्तेलस्थित सरस्वती माविमा संकलन गरिएको हो । यसमध्ये पत्रकार पा“च जना, सुरक्षाकर्मी (नेपाल प्रहरी) आठ जना, स्वास्थ्यकर्मी १४ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरु २० जना, विभिन्न बैंकका कर्मचारीहरु ८ जना र दिक्तेल माटिकोरे कभर्ड हल क्वारेन्टाइनमा रहेका १५ जना गरी ८५ जनाको स्वाब सङ्कलन गरेर पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी दीक्षिता शाक्यले बताइन् । यसबाहेक अन्य एक सय ५ जनाको पीसीआर परीक्षण गरिसकिएको र यसमध्ये एक जनामा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित