हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ को पीसीआर रिपोर्ट नेगेटिभ

  • प्रकाशित मितिः जेठ १०, २०७७
  • 948 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा संक्रमित युवाका परिवार सहित अन्य ४३ जनको रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला अस्पताल खोटाङका डा. शैलेष श्रेष्ठका अनुसार उक्त रिपोर्ट जेठ ९ गते राती प्राप्त भएको हो । रिपोर्ट नेगेटिभ आएपछि अब पीसीआरका लागि स्वाब सङ्कलन सुरु गरिने डा. श्रेष्ठले बताए । हलेसी क्षेत्रका ४३ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनपछि जिल्लामा भएका मात्र कोभिड १९ बारे तालिम प्राप्त चिकित्सक क्वारेन्टाइनमा बसेपछि पीसीआर सङ्कलन बन्द भएको थियो । संक्रमित युवा कोभिड १९ उपचार केन्द्र विराटनगरमा छन् । उनको अवस्था सामान्य रहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।

तस्बिर साभार : विमला राई तिलुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित