नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा संक्रमित युवाका परिवार सहित अन्य ४३ जनको रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला अस्पताल खोटाङका डा. शैलेष श्रेष्ठका अनुसार उक्त रिपोर्ट जेठ ९ गते राती प्राप्त भएको हो । रिपोर्ट नेगेटिभ आएपछि अब पीसीआरका लागि स्वाब सङ्कलन सुरु गरिने डा. श्रेष्ठले बताए । हलेसी क्षेत्रका ४३ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनपछि जिल्लामा भएका मात्र कोभिड १९ बारे तालिम प्राप्त चिकित्सक क्वारेन्टाइनमा बसेपछि पीसीआर सङ्कलन बन्द भएको थियो । संक्रमित युवा कोभिड १९ उपचार केन्द्र विराटनगरमा छन् । उनको अवस्था सामान्य रहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।
तस्बिर साभार : विमला राई तिलुङको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित