नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६ –जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी कात्तिकेका २० वर्षीय युवालाई विराटनगरस्थित कोभिड उपचार केन्द्रमा पठाइएको छ । उनलाई जेठ ६ गते पठाइएको हो ।
उनका सम्पर्कमा आएका ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको खोटाङका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । उनी गत बैशाख १२ गते काठमाडौंबाट आएका थिए । १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेर गत बैशाख २ गते पीसीआरका लागि स्वाब सङ्कलन गरेर धरान पठाएपछि उनी बाहिर निस्किएका हुन् । पीसीआरका लागि स्वाब सङ्कलनपछि जेठ ३ गते स्थानीय युवाहरुसंग भेला भएर पानी ट्याङ्की र पोखरी सफा गरेको खुलेको छ । यसबाहेक गाउ“मा भएका पितृ कार्यमा समेत संलग्न भएको पाइएको छ ।
उनी लगायत करिब साडे १३ सय नगरबासीलाई गत बैशाख १० देखि १२ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाले २५ वटा बस रिजर्ब गरेर ल्याएको थियो । उक्त समयमा हलेसी तुवाचुङ नगरपालिकाले जारी गरेको सूचनापछि अवसर छोपेर अन्य उक्त नगरपालिकाले व्यवस्था गरेको बसमा मिसिएर अन्य पालिकाहरुको सर्वसाधारण समेत आएका थिए । त्यति खेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक सय ११ जना, साकेला गाउ“पालिकाका ३७ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका १६ जना र केपिलासगढी गाउ“पालिकाको एक जना पनि आएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले बाहेक अन्य पालिकाले भने क्वारेन्टाइनमा राखेका थिए । हलेसी तुवाचुङ नगरपालिकाले भने होम क्वारेन्टाइनमा राखेको थियो ।
हलेसीमा जेठ ६ गते विहान बसेको सर्वदलीय बैठकले नगरपालिकाको नाका सिल गर्ने, परीक्षणको दायरा बढाउने, आवश्यक औषधी तथा परीक्षण सामग्री माग गर्ने, नगरपालिकाभित्रका सबै सेवा प्रदायक निकाय बन्द गर्ने लगायतको निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।
तस्बिर साभार : विमला राईको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित