अग्र पङ्तिमा खटिनेको आरडीटी गरिने

  • प्रकाशित मितिः जेठ ५, २०७७
  • 1135 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ५– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकुलो पारे लगत्तै र रेल–वे सञ्चालनमा आएसंगै हजारौं नागरिक गाउ“ आउने सम्भावना बढेको भन्दै समन्वय समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउनका कारण अड्किएका नागरिक घर आएको अवस्थामा अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय तहलाई पत्राचार गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । समन्वय समितिले भारतबाट आफ्नो पालिकामा आउने स्थानीयको संख्या आँकलन गरेर अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि आग्रह गरेको छ ।
बैठकले जिल्लामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका व्यक्तीको आरडिटि परिक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, संघसंस्थाका प्रमुख, वडाध्यक्ष, वडा सदस्य, स्वयंसेवक, कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका सबै सदस्य लगायतका अग्रपंक्तिमा काम गर्ने व्यक्तिको आरडीटी टेष्ट गर्ने निर्णय गरिएको हो । लकडाउनका बेला अत्यावश्यक काम, औषधि उपचार, खाद्यान्न खरिदका लागि जिल्लाका हरेक पालिकामा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ५ बजेसम्म खुला गर्ने र एकरुपता कायम गर्ने निर्णय गरिएको छ ।
बैंकिङ कारोबारका लागि कार्यतालिका :
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति बैठकले लकडाउनको अवधिमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ कारोबारका लागि कार्य तालिका बनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले जिल्लामा सञ्चालित विभिन्न बैंकको कारोबार गर्ने कार्यतालिका निर्धारण गरेको हो । राष्ट्रिय बाणिज्य बैंकले आइतबार, मंगलबार र बिहिबार कारोबार गर्ने गरी कार्यतालिका बनाइएको समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
यस्तै, कृषि विकास बैंक, सेञ्चुरी बैंक, बैंक अफ काड्माण्डौं र एसबिआई बैंकले आईतबार र बुधबार कारोबार गर्ने कार्यतालिका बनाइएको छ । एनआइसि एसिया बैंक, सालपा बिकास बैंक र सनराईज बैंकले सोमबार र बिहिबार, ग्लोवल आइएमई बैंक, ज्योती बिकास बैंक, माछापुछ«े बैंक र सानीमा बैंकले मंगलबार र शुक्रबार कारोबार गर्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित