हलेसी तुवाचुङ नगरपालिकाका ३४ जनाको पीसीआर परीक्षण गर्न पठाइयो

  • प्रकाशित मितिः जेठ ३, २०७७
  • 1072 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३४ जनाको पीसीआर टेष्टका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरसको संक्रमण भएर÷नभएको यकिन गर्न नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पीसीआर परीक्षणका लागि स्वाव पठाइएको हो । उनीहरुको स्वाव संकलन गरेर जेठ २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताए ।
कामका सिलसिलामा आशंका गरिएको व्यक्तिको नजिकमा बढी पुगेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिव लगायतको स्वाव पीसीआर टेष्टमा पठाइएको हो । तीन दिनभित्रमा ३३ जनाको पिसिआर रिपोर्ट आउने नगरपालिकाले जनाएको छ ।
११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ९ जना छन् । हालसम्म क्वारेन्टाइनबाट ३४ जना घर फर्किसकेका छन् । क्वारेन्टाइनमा दुई जना नगरपालिकाकै कर्मचारीलाई समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित