साकेलामा आरडीटी परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखियो

  • प्रकाशित मितिः बैशाख २९, २०७७
  • 774 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–साकेला गाउ“पालिकाको वडा नं–२ रतन्छामा बैशाख २९ गते गरिएको आरडीटी परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको छ । गत फागुन ११ गते दुबईबाट नेपाल आएका ५८ वर्षीय पुरुष र भक्तपुरबाट बैशाख १३ गते रतन्छा आएका २३ वर्षीय युवाको आरडीटी परीक्षणमा पोजेटिभ देखिएको हो ।
साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार दुबईबाट आएका ५८ वर्षीय पुरुष गत बैशाख १२ गते रतन्छा आएका थिए । भक्तपुरको राधेराधे भन्ने ठाउ“मा बस्दै आएका उक्त २३ वर्षीय युवा गत बैशाख १३ गते रतन्छा आएका हुन् । उनीहरु १४ दिनसम्म साकेला मावि रतन्छामा बनाइएको क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए । पोजेटिभ देखिएका दुबै जनालाई फेरि साकेला माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष खड्काले सुनाए । उनीहरु र उनका परिवार सहितको स्वब संकलन गरेर धरान पठाइने खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित