दीर्घ रोगीलाई घरैमा औषधी

  • प्रकाशित मितिः वैशाख २८, २०७७
  • 1367 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २८–विभिन्न स्थानीय तहले दीर्घरोगीहरुलाई औषधी वितरण गरेको छ । लकडाउनका कारण दीर्घ रोगीहरुलाई औषधी व्यवस्था गर्न असहज भएकाले स्थानीय तह आफैले उपलब्ध गराएको हो ।
जिल्लाका दिप्रुङ चुइचुम्मा, बराहापोखरी, ऐसेलुखर्क गाउ“पालिका र हलेसी तुवाचुङ नगरपालिकाले औषधी वितरण गरेको हो । दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, दम, ग्याँस्ट्रिक, अल्सर, थाइराइड, मानसिक रोगी लगायतका समस्या झेलिरहेका तीन सय आठ जना विरामीलाई औषधि निःशुल्क वितरण गरिसकेको छ ।
त्यस्तै बराहपोखरी गाउ“पालिकाले पनि नियमित औषधी सेवन गरिरहेकाहरुलाई निःशुल्क औषधी वितरण गरिरहेको छ । गाउ“पालिका उपाध्यक्ष गोमा मगरका अनुसार ८३ जनालाई निशुल्क रुपमा औषधी वितरण गरेको हो । उनका अनुसार बराहपोखरी गाउ“पालिका–१ बराहपोखरीका २५ जना, बराहपोखरी–२ सुन्तलेका ३३ जना, बराहापोखरी–३ साउनेचौरमा ३० जना र बराहपोखर–४ फाक्टाका २ जनालाई निःशुल्क औषधी वितरण गरिसकिएको हो ।
ऐसेलुखर्क गाउ“पालिकाले पनि दीर्घ रोगीलाई निशुल्क औषधी वितरण गरेको छ । गाउ“पालिकाभरिका ७४ जना विरामीलाई निशुल्क औषधी वितरण गरिएको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । उनका अुनसार ऐसेलुखर्क गाउ“पालिका– बाकाचोलमा पा“च जना, ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका ३४ जना, ऐसेलुखर्क गाउ“पालिका–५ महेश्वरीमा १४ जना, ऐसेलुखर्क गाउ“पालिका–७ माक्पाका १४ जना र ऐसेलुखर्क गाउँपालिका–९ ज्यामिरेका नौ जनालाई औषधि प्रदान गरिएको छ । उक्त औषधी वडा स्वास्थ्यचौकी मार्फत वितरण गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले पनि दीर्घरोगीलाई अँैषधी वितरण गरेको छ । नगरका विभिन्न वडाका ४६ जनालाई निशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए । उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मुटुरोगी लगायतका औषधी सेवन गरिरहेकाहरुलाई वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित