दिक्तेलबजारको सडक ढलानका लागि काम सुरु

  • प्रकाशित मितिः बैशाख २५, २०७७
  • 1163 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २५–दिक्तेलबजारको सडक ढलानका लागि संरचना निर्माण सुरु भएको छ । यसले स्थानीय हर्षित भएका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागको करिब तीन करोड २८ लाख रुपैया“(भ्याट बाहेक) को लागतमा बजारको सडक ढलान सुरु भएको हो । उक्त कामको ठेक्का दीब्यजोति÷आइडी रुजन जेबी निर्माण कम्पनीले लिएको हो । उक्त बजेटले छ सय ७५ दशमलव १६ घनमिटर सडक ढलान गरिने निर्माण कम्पनी सम्बद्ध साइड इन्चार्ज राजन पुडासैनीले बताए । उनका अनुसार रत्नपार्कस्थित किरात चौकदेखि करिब संगमटोलसम्मको सडक ढलान हुने छ ।
निर्माण कम्पनी सम्बद्ध ध्रुब श्रेष्ठका अनुसार आगामी असार मसान्तभित्रै काम सकिने छ । गत बैशाख १२ गते संझौता गरी काम थालिएको श्रेष्ठले सुनाए । लकडाउनकै अवधिमा सडक पिच गर्ने काम सक्ने गरी संझौता गर्नासाथ काम थालिएको श्रेष्ठले जनाए । ‘आफू स्थानीय भएको नाताले पनि छिटो र गुणस्तरीय सडक बनाउ“न धमाधम काम भइरहेको छ ।’ श्रेष्ठले भने–‘लकडाउनभए पनि अबको डेढ महिनाभित्र काम सकेर बुझाउ“छौं ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारको सडक निर्माणको डिपिआर निर्माण गरी काम सुरु गरिएको हो । यसअन्तरगत यो पहिलो चरणको काम हो । त्यसपछि लगत्तै साउनबाट अर्को चरणको काम सुरु हुने नगरप्रमुख रिजालले सुनाए । रिजालका अनुसार अर्को चरणको सडक निर्माणमा नौ करोड ७० खर्च हुने छ । दिक्तेल बजारको सडक निर्माण गर्न बनाइएको डिपिआरमा करिब १८ करोड रूपैया“ खर्च हुने देखिएको छ ।
दिक्तेलकै त्रिवेणीचौकदेखि भवनगैरा–लोकसेवा आयोगसम्मको सडकको काम पनि धमाधम भइरहेको छ । करिब एक करोड तीन लाख रूपैया“ (भ्याट सहित)को लागतमा त्रिवेणीचौकदेखि लोकसेवासम्म तीन सय ६० घनमिटर सडक ढलान (आरसीसी) गर्ने गरी खोटाङ हलेसी–गोल्डेन फ्युचर जेवी निर्माण कम्पनीले काम सुरु गरेको हो । उक्त सडकको काम आगामी असारभित्र सकिने निर्माण कम्पनी सम्बद्ध खगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित