सुरु भयो किराती समुदायको उभौली 

  • प्रकाशित मितिः बैशाख २५, २०७७
  • 1628 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २५
यो वर्ष बैशाखे पूर्णीमा अर्थात उभौली चाडको दिन त्यत्ति उल्लासमय भएन । किन भने कोरोना भाइरस प्रकोपका कारण बढिमा २५ जना मात्र साकेला सिली नाच्न पाउने उर्दीपछि खल्लो भएको हो । यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय मझुवागढीमा उभौली पर्वको अवसरमा साकेला सिली नाचिएको छ ।
किराती समुदायले बैशाखे पूर्णीमामा उभौली र मङसिरे पूर्णीमामा उधौली पर्वको अवसरमा साकेला सिली ना“च्ने चलन छ । जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनेको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने संस्कृति छ । 
त्यस्तै मङसिरे पूर्णीमाको बेला अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले मङ्सिरे पूर्णीमाको दिनदेखि उधौली पर्व मनाउने गरिएको किरातले सुनाए । 
यो वर्ष भने २०–२५ जनाका समूहमा मात्र साकेला सिली ना“च्ने निर्णयपछि आ–आफ्नो टोलमा मात्र उभौली पर्वको अवसरमा साकेला ना“चिने किरातले बताए । कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले आयोजना गरेको बैठकले साकेला तथा देवली लगायतका कुलपूजा गर्दा २०–२५ जनाका समूहभन्दा बढी भेला नहुने सहमतीपछि कम जमघटमा साकेला सिली ना“चिने किरातले बताए ।
उभौली पर्वको अवसरमा मझुवागढीमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई लगायत २०–२५ जनाका समूहमा भेला भएका किराती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा आराधना गरी उभौली पर्व मनाइएको हो ।
साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समितिका प्रमुख एबम् कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित