साकेला र देवाली मनाउदा सावधानी अपनाऔं

  • प्रकाशित मितिः बैशाख २३, २०७७
  • 1091 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–चाडबाड तथा कुलपूजा गर्दा सावधानी अपनाउ“न आग्रह गर्ने निर्णय भएको छ । बैशाख २३ गते बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले किरातीहरुको उभौली पर्व साकेला र हिन्दूहरुको कुलपूजा देवाली गर्दा सावधानी अपनाउ“न अनुरोध गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङका अनुसारसावधानी नअपनाई चाडवाड मनाउ“दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिने खतरा देखिएकाले साकेला, देवाली लगायतका चाडपर्वलाई विधि मात्र पु¥याउ“ने गरी मनाउ“न आग्रह गर्ने निर्णय गरिएको हो । चाम्लिङका चाडवाड मनाउ“ने क्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढी उपस्थित नगर्न÷नगराउ“न, उपस्थित भएकाहरु पनि कम्तिमा मिटरको सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।
बैठकमा सहभागी विभिन्न समुदायका संगठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउ“ने निर्णयमा सहमती जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउ“ने निर्णय गरेको छ । हरेक वर्षको पूर्णीमाको दोश्रो दिन लफ्याङमा मनाइदै आएको साकेलामा यो पल्ट भने बढीमा १५ जनाको उपस्थितिमा साकेला पर्व मनाउने निर्णय गरिएको लाफेहँछा सेवा समाजका सदस्य राजेन्द्र राईले बताए । राईका अनुसार धामी, सिलिमपा, सिलीममा, मुल ढोले तथा उनीहरुका एक÷एक जना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित