प्रकृतिको साथी
- प्रकाशित मितिः बैशाख १९, २०७७
- 1342 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख १९–‘उलुलुलु...उलुलुलु गर्ने लाटोकोसेरो चरा प्रकृतिको साथी हो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति मावि कक्ष्ाँ–५ मा अध्ययरत सायाहाङ राईले भने–‘यसलाई मार्नु हुन्न, जोगाउ“नु पर्छ ।’
उनीजस्तै थुप्रै बालबालिका लाटोकोसेरो जोगाउ“छन् । यो लाटोकोसेरोले पर्यावरणलाई जोगाउ“ने भएकाले विद्यार्थीहरु यसको संरक्षणमा जुटेको विद्यालयका प्रअ टिकाबहादुर श्रेष्ठले बताए । लाटोकोसेरो प्रकृतिका लागि अति उपयोगी पन्छी भएकाले यसको संरक्षणबारे यो विद्यालयमा अध्ययनरत बालबालिकाले जानेको श्रेष्ठले सुनाए । ‘लाटोकोसेरो प्रकृतिका लागि उपयोगी पन्छी हो भन्ने बुझेका छन् ।’ प्रअ श्रेष्ठले भने–‘त्यसैले बालबालिकाहरुले संरक्षण गर्न थालेका छन् ।’ श्रेष्ठले भने–‘बालबालिकामा यो चेतना पलाएपछि संरक्षण त हुने नै भयो ।’ उक्त विद्यालयमा दुई ८७ जना विद्यार्थी अध्ययनरत छन् ।
बालबालिकामा लाटोकोसेरो तथा प्रकृतिको बारेमा ज्ञान प्राप्त भएपछि त्यसले संरक्षणमा सकारात्मक प्रभाव परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सामाजिक विकास संयोजक तथा वडा नं १२ का वडाअध्यक्ष विकाश राईले बताए । ‘चेतना महत्वपूर्ण पक्ष हो ।’ राईले भने–‘चकचक गर्ने उमेरका बालबालिकामा यत्तिको ज्ञान भएपछि सुनौलो भविष्यको संकेत देखा परेको छ ।’
लाटोकोसेरो संरक्षणबारे चेतना दिन गत वर्ष लाटोकोसेरो उत्सव नै आयोजना गरिएको थियो । यसका कारण बालबालिकामा सकारात्मक प्रभाव परेको वडाअध्यक्षष् राईले सुनाए । बालबालिकाले लाटोकोसेरो जोगाउ“न थालेपछि आफू खुसी भएको गत वर्ष आयोजित लाटोकोसेरो उत्सवका आयोजक मध्येका ‘प्रकृतिका साथी’ का निर्देशक राजु आचार्यले बताए । ‘विद्यार्थीलाई प्रभाव परोस् भनेर नै उत्सव आयोजना गरिएको थियो ।’ आचार्यले भने–‘यसको प्रभावले बालबालिकाहरु लाटोकोसेरो संरक्षणमा जुटेको खबरले खुसी छु ।’
उक्त उत्सवको विभिन्न १७ विद्यालयका करिब तीन हजार विद्यार्थी सहित झण्डै दश हजारले अवलोकन गरेका थिए । उत्सवमा हुच्चीलको स्तम्भ अनावरण, हुच्चील तथा लाटकोसेरोको अस्थायी संग्रहालय अवलोकन, लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु संगीनी, हाकपारे, मारुनी, लाखे, साकेला, सालैजो, बालन, भोटेसेला लगायत प्रस्तुत गरिएको छ । लोपोन्मुख खेलहरु गिर, लाथ्रो काट्ने लगायतको पनि प्रदर्शन गरिएको छ । यसबाहेक लोपोन्मुख बाजाहरु मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी समेत प्रस्तुत गरिएको छ । उत्सवमा स्थानीय उत्पादनका स्टलहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
उत्सवको अवसरमा पा“च बुदे घोषणापत्र समेत पारित गरिएको थियो । उक्त घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्दै हुच्चीललाई वडा पंक्षी घोषणा गरिएको थियो । लाटकोसेरो तथा हुच्चील उत्सव प्रत्येक वर्षको फेबु्रवरीको पहिलो सुक्रबार र शनिबार जालपामा मनाउ“ने घोषणा गरिएको थियो । यसै अनुसार यो वर्ष पनि आयोजना गरिने वडाअध्यक्ष राईले सुनाए । उक्त उत्सवमा उक्त वडामा गुलेली निषेधित क्षेत्र घोषणा समेत गरिएको थियो । यसक्षेत्रमा पाइने जैविक विविधताको अवथा थाहा नभएकाले चरा, स्तनधारी, उभयचर, वनस्पति लगायतका सम्पूर्ण जैविक विविधताको अध्ययन अनुसन्धान तथा संरक्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको थियो ।
फोटो साभार कान्तिपुरबाट