नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले साउन ९ गते संयुक्त रूपमा अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेका हुन् ।
मध्यपहाडी लोकमार्गको पूर्वी करिडोरमा प्रहरी चौकी कम भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्मलीडाडाँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको डिएसपी खड्काले बताए । मध्यपहाडी लोकमार्गको पूर्वी करिडोरमा प्रहरी चौकी नभएको र निर्मलीडाडाँ क्षेत्र पहिलेदेखि नै सुरक्षा संवेदनशीलता देखिएकाले पनि राखिएको खड्काले सुनाए ।
उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी खटाइएको समेत डिएसपी खड्काले बताए । उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू सहभागी थिए ।
उक्त ठाउँमा प्रहरी चौकी स्थापनाका लागि चार रोपनी जग्गा उपलब्ध गराउने दुई जनालाई सम्मान गरिएको छ । जग्गादाता केशव राई र लालमान राईका बुवा अर्थमान राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित