नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ७–सालपा विकास बैंकले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । शुभम् फाउण्डेसनमा साउन ७ गते आयोजित कार्यक्रममा सालपा विकास बैंकका अध्यक्ष टंक राईले उक्त मोबाइल बैंकिङ सेवा उद्घाटन गरेका हुन् ।
बेंकले स्थापना भएको १२ वर्षपछि मोबाइल बैंकिङ सेवा सुरु गरेको हो । दिक्तेलमा मुख्य कार्यालय स्थापना गरेर २०६९ साउन १ गतेदेखि वित्तीय कारोबार सुरु गरेको थियो । खोटाङका विभिन्न स्थानीय तहहरूमा शाखा सञ्चालन गरेर कारोबार गरिरहेको उक्त बैंकले एक अर्ब चार करोड निक्षेप सङ्कलन गर्नुका साथै विभिन्न शीर्षकमा ८६ करोड ऋण लगानी गरेको बैंकका वरिष्ठ अधिकृत दीपकर राईले बताए ।
उक्त बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, केपिलासगढी गाउँपालिकाको बाक्सिला, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी र खोटेहाङ गाउँपालिकाको सिम्पानीमा शाखा स्थापना गरेर कारोबार गरिरहेको हो । यसबाहेक खोटाङ भन्दा बाहिर पनि शाखा सञ्चालन गर्ने तयारी गरिएको बैकका अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित