नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ११ खार्मीमा साउन ११ गते अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले संयुक्त रूपमा अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेका हुन् ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । उक्त अस्थायी प्रहरी पोष्र्टमा प्रहरी वरिष्ठ हवल्दारको नेतृत्वमा ६ जना प्रहरी खटाइएको डिएसपी खड्काले बताए । खार्मीमा प्रहरी चौकीका लागि आवश्यक जग्गा दिने वडाअध्यक्ष इखबहादुर राई र भुवन राईलाई सम्मान समेत गरिएको खड्काको भनाई छ ।
त्यस्तै गत साउन ९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा पनि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी खटाइएको समेत डिएसपी खड्काले बताए । निर्मलीडाडाँमा प्रहरी चौकीका लागि जग्गा दिने दुई जनालाई सम्मान गरिएको थियो । जग्गादाता केशव राई र लालमान राईका बुवा अर्थमान राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित