नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ९–केपिलासगढी गाउँपालिकाले एसइइ ग्रेड बृद्धिका लागि तयारी कक्षा सञ्चालन गरेको छ । एसइइमा अङ्ग्रेजी, गणित र विज्ञान विषय अनुतीर्ण गर्ने विद्यार्थीहरूको ग्रेड बृद्धिका लागि तयारी कक्षा सञ्चालन गरिएको हो ।
केपिलासगढी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालका अनुसार अङ्ग्रेजी विषयमा २२, गणितमा ३६ र विज्ञानमा ३७ गरी ९५ जना विद्यार्थी ग्रेड बृद्धि तयारी कक्षामा सहभागी छन् । आगामी साउन १९ गतेसम्म कक्षा सञ्चालन गरिने केपिलासगढी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए । गत असार २१ देखि सुरु भएको खनालले सुनाए ।
केपिलासगढी गाउँपालिकाका ८ सामुदायिक विद्यालयका दुई सय ७ जनाले एसइइ परीक्षा दिएका थिए । यसमध्ये ५९ जनाले मात्र एसइइ उतीर्ण गरेको खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २१–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित