हलेसीमा रक गार्डेन

  • प्रकाशित मितिः बैशाख १७, २०७७
  • 1395 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, बैशाख १७–विश्व प्रशिद्ध हलेसीमा रक गार्डेन बन्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाडा“मा रक गार्डेन बन्ने भएको हो । 
चट्टानै चट्टानले बनेको ककनीडाडा“लाई पर्यटन प्रबद्र्धनको केन्द्र बनाउ“न रक गार्डेन निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । यसका लागि प्रदेश सरकारले ४० लाख बजेट समेत बिनियोजन गरेको छ । उक्त ठाउ“मा रक गार्डेन बनाउ“न डिपिआर समेत निर्माण भइसकेको नगरप्रमुख राईले सुनाए ।
डिपिआर अनुसार रक गार्डेनका लागि करिब सात करोड बजेट आवश्यक छ । यसमध्ये यो वर्षका लागि प्रदेश सरकालाई एक करोड ३५ लाख रुपैया“ माग गरिए पनि ४० लाख मात्र विनियोजन गरेको नगरपमुख राईले सुनाए । उनका अनुसार यो बजेटले तार घेराबारा गरिने छ । यसबाहेक अन्य अपुगमा नगरपालिकाले समेत लगानी गर्ने राईले सुनाए ।
उक्त ककनीडाडा“मा करिब एक सय ६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ । सिंगो डाडा“ खोपेर बनाइएजस्तो चुच्चो परेका ढुङ्गाले ढाकिएको छ । त्यसमध्ये ५६ रोपनी जग्गाभित्रका चट्टानलाई समेटेर रक गार्डेन बनाउ“ने राईले बताए । 
हलेसी आएर फर्किने पर्यटकलाई मनोरन्जन दिलाउ“न र केही दिन अलमल्याएर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउ“न यसका लागि रक गार्डेनको अवधारण बनाइएको राईको भनाई छ । विभिन्न आकृतिका ढुङ्गाहरुले ढाकिएको डाडा“मा रक गार्डेन बनाउ“न यसलाई नबिगारी सजावटका काम गरिने तयारी गरिएको राईले जनाए । ‘ककनीडाडा“मा सुन्दर र कलात्मक आकृतिका ढुङ्गाहरुलाई असर नपुग्ने गरी सजावट मात्र गरिने छ ।’ राईले भने–‘यसलाई नगरपालिकाको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
ढुङ्गै–डुङ्गाको फूल फुलेझैं देखिने उक्त डाडा“मा कला भर्दा अझै रमणीय हुने भएकाले रक गार्डेनको रुपमा विकास गर्दा उपयुक्त हुने हलेसी विकास समितिका पूर्व निर्देशक तामन राईले बताए । ‘यो डाडा“लाई पुर्खाहरुले ‘लुङ्टो बुङाटो’ (ढुङ्गाको फूल) भन्छन् ।’ राईले भने–‘यसको भावना अनुसार रक गार्डेन बनाउ“ने योजना स्वागतयोग्य छ ।’ 
यसलाई आकर्षकस्थल बनाउ“न प्राकृतिक रुपमै सजिसजाउ ढुङ्गालाई सजाइने नगरप्रमुख राईले बताए । उनका अनुसार ढुङ्गाका बीच–बीचमा सुहाउ“दो फूल रोप्ने, ठाउ“–ठाउ“मा ढुङ्गे गेट बनाउ“ने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कु“देर महादेवलाई भस्माशुरले लखेटेको दृश्य झल्काउने मुर्ती बनाउ“ने, प्राकृतिक ढुङ्गालाई नचलाई कालो, सेतो र रातो ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउ“ने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने लगायतका काम गरिने छ ।
यसबाहेक ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारबार तथा पर्खाल लगाउ“ने, ढुङ्गाकै कलात्मक सिढी निर्माण गर्ने, पर्यटक बिसाउ“ने मनोरन्जन गर्न डाडा“–डाडा“मा काठबाट बनेका बिसौनी राखिने डिपिआरमा उल्लेख छ । उक्त ठाउ“मा विद्युत, पिउनेपानी, बिश्रामस्थल, केवलकार, भोजनालय बनाइने छ । उक्त गार्डेनको एकापट्टीको भीरमा रक क्लाइबिङको योजना बनाइएको छ । 
यहा“बाट सगरमाथा लगायतका हिमश्रृङ्खलाहरु समेत अवलोकन गर्न सकिने छ । उक्त ठाउ“मा आवश्यक संरचना निर्माण गर्न सके ककनीडाडा“ पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने हलेसी विकास समितिका निर्देशक सम्मर भुजेलले बताए । यसक्षेत्रमा भस्माशुरले महादेवलाई लखेट्दा ककनीडाडा“मा महादेवको पाइला परेपछि कलात्मक ढुङ्गा निस्किएको किम्बदन्ती छ । यो डाडा“ पुग्न हलेसीदेखि करिब आधा घण्टा उकालो छिचोलेपछि पुगिन्छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित