आफ्नो पीडा कसलाई सुनाउ ?

  • प्रकाशित मितिः बैशाख १५, २०७७
  • 1156 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–‘लकडाउनले १६ लाखको हाराहारीमा घाटा भयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुखुरा व्यवसायी सुवाश जोशीले भने–‘अब कसरी उक्सनले भन्ने चिन्ताले सताएको छ ।’
कोभिड १९ प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनका कारण जोशीले सञ्चालन गरेको त्रिशक्ति पोल्ट्री फर्मले उत्पादन गरेको बोइलर कुखुरा र अण्डा विक्री नभएपछि उनी चिन्तामा डुबेका हुन् । बोइलर कुखुरालाई दानामा मात्र दैनिक ३४–३५ हजार खर्च भइरहेको जोशी बताउ“छन् । उनका अनुसार दैनिक दुई हजारका दरले उत्पादन हुने अण्डा समेत विक्री नभएपछि समस्यामा परेको जोशी सुनाउ“छन् । उनले दैनिक एक सय बीस केजी मासु बिक्री गर्थे । ‘अहिले बोइलर कुखुराको मासु विक्री पूरै ठप्प छ ।’ जोशीले भने–‘अण्डा पनि विक्री नभएर कुहिने अवस्थामा पुगेको छ ।’
जोशीले अण्डा विक्री हुन छाडेपछि लेयर्स कुखुरा समेत घटाउन थालेको बताए । घाटामाथि घाटा हुने भएपछि अण्डा र लेयर्स कुखुरा वितरण गरिएको जोशीले जनाए । उनका अनुसार ११ सय लेयर्स कुखुरा वितरण गरेको सुनाए । यसबाहेक एक सय काटुन अण्डा समेत वितरण गरेको जोशीले बताए । ‘चारो खुवाउ“दाको घाटा व्यहोर्नु भन्दा वितरण गर्नै फाइदा भन्ने लाग्यो ।’ जोशीले भने–‘राखेर डबल घाटा हुन्छ, बरु साथीभाइले लग्दा राम्रै भयो ।’
जोशी मात्र होइन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउ“ कोलेबारीमा फर्म सञ्चालन गरेर बसेका हिरण्य मगरको पनि अवस्था उस्तै छ । उनले पनि लकडाउनको मार ब्यहोरेका छन् । दानाको घाटा ब्यहोर्नु भन्दा सस्तोमा बेच्नु नै उचित देखिएपछि विक्री गरिएको मगरले सुनाए । ‘घाटा ब्यहोर्नु भन्दा सस्तो मस्तोमै विक्री गर्नु नै राम्रो लाग्यो ।’ मगरले भने–‘दुई सय कुखुरा विक्री गरियो ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउ“ कोलेबारीमै कुखुरा फर्म सञ्चालन गर्ने रघुनन्द राईको पनि पीडा उस्तै छ । उनले पनि घाटा ब्यहोरेको सुनाए । उनले पनि बेच्ने बेला नभई दुई सय कुखुरा सस्तो मुल्यमै विक्री गरेको सुनाए ।
खोटाङमा करिब डेढ सय बोइलर कुखुरा फार्म छन् । अधिकांश व्यवसायीहरुले घाटा ब्यहोरेको पोल्ट्री व्यवसायी संघ खोटाङका अध्यक्ष सुवाश जोशीले बताए । उनका अनुसार दैनिक सात सय केजी बोइलर मासु विक्री हुनु पर्नेमा ब्यापार शुन्य भएपछि घाटा ब्यहोर्नु परेको छ । करिब ४० देखि ६०–७० दिन भित्रमा विक्री गरिसक्नु पर्ने बोइलरलाई दाना खुवाउ“दै राख्नु पर्ने वाध्यताले दिनदिनै घाटा बढ्दै गइरहेको जोशीले सुनाए । उनका अनुसार जिल्लामा दश वटा लेयर्स कुखुरा फर्मबाट दैनिक आठ हजार अण्डा उत्पादन हुने गरेको छ । अण्डाको समेत बजार शुन्य भएकाले बोइलरको मासु र लेयर्स अण्डा सहित करिब चार करोड जति घाटा हुने अनुमान छ ।
दिक्तेल, हलेसी, ऐसेलुखर्क, बाक्सिला, जालपा, मानेभन्ज्याङ, पञ्चमी, सिम्पानी, खोटाङबजार, चिसापानी लगायतका बजारहरुका मासु पसलहरु पूर्ण रुपले बन्द हुनु, कोरोना भाइरस प्रकोपमा बोइलरको मासु तथा अण्डा खान नहुने भन्ने प्रचार लगायतका कारण ठूलो घाटा ब्यहोर्नु परेको जोशीले बताए ।
ग्रामीण क्षेत्रमा लघुवित्त लगायत अन्य बैंकहरुबाट समेत ऋण लिएर कुखुरा फर्म सञ्चालन गरेकाले दोहोरो घाटा ब्यहोर्नु परेको जोशी बताउ“छन् । कतिपयले घरबारी धितो राखेर फर्म सञ्चालन गरेकाले लिलाम हुन सक्ने खतरा बढेको जोशीले सुनाए । यसबारेमा सरकारको सहयोग आवश्यक परेको जोशीले बताए । ‘हामीलाई यतिखेर संकट आइपरेको छ ।’ जोशीले भने–‘राज्य नै संकटमा परेको बेला आफ्नो पीडा कसलाई सुनाउ ?’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित