अलपत्र परेकाहरुको उद्धार

  • प्रकाशित मितिः वैशाख १२, २०७७
  • 1840 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका १३ सय भन्दा बढीको उद्धार गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले काठमाडौंमा अलपत्र परेका १३ सय १८ जनालाई उद्धार गरेको हो ।
नगरपालिका आफैंले सूचना जारी गरेर उनीहरुलाई उद्धार गरेको नगरप्रमुख इवन राईले बताए । उनका अनुसार बैशाख १० गते ५१ जना, ११ गते पा“च सय ८६ जना र १२ गते छ सय ८१ गरी १३ सय १८ जना उद्धार गरेको हो । उनीहरुका लागि २५ वटा गाडी व्यवस्था गरिएको थियो । उनीहरु वडा नं १ देखि ११ सम्मका हु्न् । आउने सबैलाई होम क्वारेन्टाइनमा राखिने नगरप्रमुख राईले सुनाए । यद्यपि उनीहरु स्वस्थ रहेको राईले दाबी गरेका छन् ।
यसबाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक सय ११ जना, साकेला गाउ“पालिकाका ३८ जना र दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका ८ जना पनि आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आएकाहरु भने क्वारेन्टाइनमा राखिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि गत बैशाख ७ गते एक साताका लागि खोटाङमा नाका बन्दी गर्ने निर्णय भए पनि त्यसको अवज्ञा भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । चाम्लिङको अध्यक्षतामा बसेको बैठकले सोमबारदेखि जिल्ला भित्रने सबै नाकाहरु बन्द गर्ने, जिल्लामा स्वास्थ्य सामग्री अभाव हुदा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा समस्या भएकाले पिपिइ, ग्लोब्स्, सेनिटाइजर, माक्स्, थर्मागन लगायतका सामग्री माग गर्ने निर्णय गरेको थियो ।
चाम्लिङका अनुसार जिल्ला अस्पतालमा चिकित्सक अभाव भएकाले माग गर्ने, कोभिड १९ बारे ग्रामीण भेगमा जानकारी नभएकाले गाउ“–गाउ“मा जनचेतना फैलाउ“ने कार्यक्रम गर्ने समेत निर्णय भएको थियो । अन्यत्रबाट भागेर आउनेहरुलाई सिधै क्वारेन्टाइनमा राख्ने र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबैको पहु“च विस्तार गर्न हेल्लो स्थानीय तह प्रमुख कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको थियो ।

तस्बिर साभार : विमला राई (हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख)को फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित