दिप्रुङचुइचुम्मामा सानीमा बैंक

  • प्रकाशित मितिः असार ३२, २०७५
  • 1643 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार ३२–दिप्रुङचुइचुम्मा गाउ“पालिकामा सानीमा बैंक स्थापना भएको छ । असार ३२ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेपछि विधिवत रुपमा कारोबार सुरु भएको छ । यसले सर्वसाधारण तथा सरकारी कामकाजमा सहज भएको छ ।
सानीमा बैंकले कारोबार सुरु गरेपछि सर्वसाधारण तथा सरकारी कामकाजमा सहज आएको दिप्रुङचुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘गाउ“पालिकामा सानीमा बैंकले कारोबार सुरु गरेपछि दिक्तेल धाउनु पर्ने वाध्यता हटेको छ ।’ अध्यक्ष राईले भने–‘अब सर्वसाधारण तथा सरकारी कामकाजका लागि सहज भएको छ ।’ उद्घाटनमा प्रदेशसभा सदस्य रामकुमार राई लगायत नेताहरुले खुसी व्यक्त गरेका छन् ।
त्यस्तै खोटाङको दुई नगरपालिका र आठ गाउ“पालिका गरी दश पालिकामध्ये रावाबेसी र साकेला गाउ“पालिकामा भने बाकी छ । रावाबेसी गाउ“पालिकामा सेन्चुरी र साकेला गाउ“पालिकामा एसबिआइ बैंक स्थापना हुने पालिका अध्यक्षहरुले बताएका छन् । रावाबेसीमा सेन्चुरी बैंकले अटेर गरेको रावाबेसी गाउ“पालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । साकेलामा भने तयारी अवस्थामा भएको गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।
ऐसेलुखर्क, केपिलासगढी र खोटेहाङ गाउ“पालिकामा राष्ट्रिय वाणिज्य बैंक, जन्तेढुङ्गा गाउ“पालिकामा कृषि विकास बैंक, हलेसी तुवाचुङ नगरपालिकामा सेन्चुरी, माछापुछ्रे र सालपा विकास बैंकले कारोबार सुरु गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा बैंकिङ कारोबार सहज भएको हलेसी चुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यहा“ एटिएमको समेत सुविधा भएकाले हलेसी आउने तीर्थालुका लागि सहज भएको मेयर राईले सुनाए । बराहापोखरी गाउ“पालिकामा सनराइज बैंक सञ्चालन हुने भएको छ । यद्यपि कहिलेदेखि सञ्चालन हुने भन्ने एकीन नभएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित