जन्तेढुङ्गामा १९ जनाको आरडीटी परीक्षणमा नेगेटिभ

  • प्रकाशित मितिः बैशाख ३, २०७७
  • 1115 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३–जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा बैशाख ३ गते गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । कोभिड १९ भए नभएको एकीन गर्न जन्तेढुङ्गामा १९ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको हो ।
कोरोना भाइरस संक्रमण भए नभएको थाहा पाउन ¥यापिड डाइग्नोस्टिक टेष्टका लागि स्वास्थ्यकर्मीहरु सहित खटिएका जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङका अनुसार परीक्षण गरिएका १९ जनाकै नतिजा नेगेटिभ देखिएको हो । बैशाख ४ गते बराहापोखरीमा परीक्षण गरिने चाम्लिङले बताए । त्यहा“ एक जनाको आरडीटी परीक्षण गरिने छ । टोलीमा प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुखहरु सहितको टोली संलग्न छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईका अनुसार चैतभर विदेशबाट आएका एक सय १८ जनाको आरडीटी टेष्ट गरिने छ । फागुन र चैतमा गरी जिल्लामा एक सय ३८ जना विदेशबाट आए पनि टेष्ट गर्ने किट कम आएकाले चैतभरि आएकाको मात्र आरडीटी टेष्ट गरिने राईले सुनाए । अन्यका लागि भने अर्को चरणमा टेष्ट गरिने राईले बताए ।
सुरुको चरणमा बराहपोखरी गाउ“पालिका, जन्तेढुङ्गा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा बैशाख ५ गतेसम्ममा ¥यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
त्यसपछि बैशाख ६ गते ऐसेलुखर्क गाउ“पालिकामा, बैशाख ७ केपिलासगढी गाउ“पालिकामा बैशाख ८ मा हलेसी तुवाचुङ नगरपालिकामा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा टेष्ट गरिने छ । त्यस्तै बैशाख ९ गते साकेला गाउ“पालिकामा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका बनाइएको छ ।
रावाबेसी गाउ“पालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउ“पालिकामा चैत लागे यता विदेशबाट एक जना मात्र फर्केका छन् । टेष्टमा पोजेटिभ देखिए सम्वन्धित पालिकाको खर्चमा उपचारका लागि धरान पठाइने प्रजिअ पौडेलले सुनाए । नेगेटिभ देखिए पनि दश प्रतिशत नमूना संकलन गरेर परीक्षणका लागि पठाइने प्रजिअ पौडेलले जनाए । अर्को चरणमा चैतअघि विदेश र काठ्माण्डौंबाट घर फर्किएकाहरुको समेत ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न किट माग गरिएको प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित