काठमाडौंबाट आएकालाई क्वारेन्टाइनमा राखियो

  • प्रकाशित मितिः बैशाख २, २०७७
  • 1673 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटेहाङ(खोटाङ) बैशाख २–काठमाडौंबाट खोटाङ आउनेलाई समेत क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । काठमाडौंमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमित पुष्टि हुन थालेपछि जिल्लाको दुई पालिकाले क्वारेन्टाइनमा राख्न सुरु गरेको छ ।
खोटेहाङ गाउ“पालिकाले काठमाडौंबाट आएका एक युवालाई क्वारेन्टाइनमा राखेको छ । बैशाख २ गते घर आइपुगेका २८ वर्षीयलाई खोटेहाङ गाउ“पालिका–७ खोटाङबजारस्थित स्वास्थ्य चौकीमा राखिएको गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पनि काठमाडौंबाट आएका १२ जनालाई क्वारेन्टाइनमा राखेको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीमा छ जना र वडा नं ५ सप्तेश्वर छितापोखरीको जनचेतना प्राविमा बनाइएको क्वारेन्टाइनमा छ जनालाई राखिएको हो । यसबाहेक भारतबाट आउने दुई जना पनि याम्खास्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लाका विभिन्न ठाउ“मा बनाइएको तीन सय ८२ क्वारेन्टाइनमध्ये ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा नौ जना, रावाबेसीको डुम्रेधारापानीमा सात जना, साकेलाको मानेभन्ज्याङमा दुई जना, खोटेहाङको खोटाङबजारमा एक जना र दिप्रुङ चुइचुम्माको याम्खा र सप्तेश्वरछितापोखरीमा १४ गरी ३३ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित