सपना (कथा)

  • प्रकाशित मितिः बैशाख २, २०७७
  • 1048 पटक पढिएको
  • संवादताता

कर्ताघरे-
भिडमा मेरो आ“खा उनलाई नै खोजिरहेको थियो । सायद मेरो भावनाको तरङ्ग उनको मनसम्म पुगेको हुनु पर्छ । र नै मेरो नजिक आइन् र भनिन्–‘तपाईले मलाई नै खोज्दै हुनुहुन्छ भन्ने लागेर भेट्न आएकी ।’ उनले थपिन्–‘मैले अघिदेखि नै तपाईलाई देखिरहेकी थिए“, तपाईले चाहि“ देख्न सक्नु भएनजस्तो लाग्यो ।’
‘हो मैले तिमीलाई नै खोजिरहेको थिए“ ।’ मैले भने–‘मैले चाहेर पनि तिमीसंग घुम्न पाएको छैन ।’ किन भने रुपाकोट महोत्सव सकिएको थिएन । औपचारिक कार्यक्रम सकिनासाथ हामी मनोरम दृष्यमा रमाउ“ला भन्ने चाहनाले कुत्कुती लगाइरहेको थियो । तर कार्यक्रम सकिएकै थिएन । ‘ल अहिले भेटौला है ?’ मैले भने–‘तर कतै भिडमा हराइने पो हो कि ?’ उनले थपिन्–‘म तपाईलाई नियाली रहेकी हुने छु, नडराउ“नुस् ।’
कार्यक्रम सकियो । भेट भयो । अनि मनै लोभ्याउ“ने रुपाकोटको संसारमा हराउ“न थाल्यौं । कार्यक्रमस्थल छाड्नेसाथ जोगीको कुटीमा लामा पढिरहेका थिए । संगै जिउने बाचा बन्धन कुटीमा चढायौं । मैले भने–‘तिमीलाई पाउ“न यो कुटीमा तपस्या बसौं ?’ उनले भनिन्–‘हैट † यो त उहिलेको कुरा पो त, मलाई तपाईले पाइरहनु भएको छ, कि विश्वास लागेन ?’ म मक्खै परे“ । किन भने हरपल मसंगै छ ऊ । बाहिर निस्केपछि बौद्धमार्गीको ल्हुङ्दर फहराइरहेको थियो । त्यसपछि हामी उकालो लाग्यौं । एक–आपसमा तानातान गर्दै उकालो काटेको पत्तै भएन । माथि चिहानडा“डा पुग्यौं । एक तमासले फहराइरहेको ल्हुङ्दरले मन तान्यो हाम्रो । ‘अग्लो डा“डामा किन फहराउ“छ ल्हुङ्दर थाहा छ ?’ मैले उनलाई सोधे“ । उनले भनिन्–‘थाहा छैन ।’ ‘बौद्धमार्गीहरु शान्तिप्रेमी हुन्छन् । यो ल्हुङ्दरमा शान्तिको कामना गर्दै लेखिएका मन्त्रहरू हुन्छन् । हावाको माध्यमबाट ल्हुङ्दरमा भएका शान्तिमन्त्र टाढा–टाढासम्म पुगोस् भनेर डा“डामा राखिएको हो ।’ ‘ओ हो † कस्तो राम्रो है ? मलाई मन प¥यो । हाम्रो माया“ पनि यसरी नै हावामा बग्ने भए त है ?’–उनले भनिन्–‘तर हावामा बग्यो भने तपाईले पाउनु हुन्न मेरो माया“, नबगोस् हावामा ।’ परिवेशले म निक्कै भावुक भइसकेको थिए“छु । उनले ‘के भो ?’ भनेर झस्काइन् । म होस्मा आए“ । दिन ढल्दै गएको थियो ।
हामी फेरि रुपाकोटको अर्को ठाउ“बाट संसार हेर्न लाग्यौ । त्यही दिक्तेल, त्यही सोल्मा, त्यही नेर्पा, त्यही पाथेका, त्यही खार्मी, त्यही जालपा, त्यही हौचुर, त्यही नुनथला, त्यही बुइपा सबै–सबैसबैतिर आ“खा लगायौं र लियौ आनन्द । हिमाल चाहि“ खुलेको थिएन । रुपाकोटको सबैतिर घुम्यौं । रुपाकोटमा फुल्ने फूलहरुसंग चुम्बन गर्दै सेल्फी खिच्यौं । बाटो लाग्नुअघि झोलामा बोकेको खाजा निकालिन् र खायौं । खाजा–खादै उनले गाइन्–‘रुपाकोट छेऊछेऊ के रमाइलो देश... यो गीत सही रै’छ । गीतजस्तै मलाई रमाइलो लाग्यो ।’ उनको कुरामाथि मैले थपे–‘अझ रुपाकोट क्षेत्रमा बोटानिकल गार्डेन बनोस्, यहा“का विभिन्न भ्युपोइन्टहरुमा विभिन्न खालका कटेजहरुहोस्, स्थानीय उत्पादनका विभिन्न परिकारका खानेकुरा पाइयोस्, रुपाकोट मुन्तिरका मुढेमा तामाङ संस्कृतिको होमस्टे, अलिपरतिर पोखरीमा गुरुङ संस्कृतिको होमस्टे, परतिर पैया“मा सेर्पा समुदायको होमस्टे, अलिपर खार्मीमा खस–आर्य र दुमीराई संस्कृतिको होमस्टे, पाथेकामा साम्पाङ राई संस्कृतिको होमस्टे, तालखर्कमा दशनामी संस्कृतिको होमस्टे र सोल्मामा चाम्लिङ राई संस्कतिको होमस्टे बनाउने हो भने झन राम्रा हुन्छ । त्यति मात्र होइन हलेसी आउने पर्यटकलाई नुनथला हुदै रुपाकोट चढ्ने बनाउ“नु पाए कत्ति राम्रो हुन्थ्यो । अझ रुपाकोटबाट प्याराग्लाइडिङबाट हौचुर पोखरी, सोल्मा लगायतका ठाउ“मा झर्ने व्यवस्था गर्न पाए झन सुनमा सुगन्ध हुन्छ ।’ त्यतिकैमा उनले भनिन्–‘तपाईको कल्पनाजस्तो कहा“ अहिले नै हुन्छ ? बिस्तारै होला नि ।’ ‘हो नि, कल्पनाजस्तो यथार्थ नहुन पनि सक्छ र सपनाजस्तो विपना पनि नहुन सक्छ ।’ म भावनामा डुब्न थालेछु । त्यतिबेलै लामा–लामा औलाले इसारा गर्दै भनिन्–‘ओहो † हिमाल खुलेछ ।’ सा“च्चै ख्याल रमाइलो थिएन हिमाल । घामको बाबारिम्ले झन हिमाल फुलेझैं देखिन्थ्यो । मैले एक–एक गरेर सबै हिमालको नाम चिनाए“ । यसमध्येकै रुपाकोटबाट देखिने महत्वपूर्ण हिमाल चाहि“ उ त्यो नुम्बुर र कारेलुङ हिमालको बीचमा रहेको हिमालको नाम चाहि“ सपना हो ।’ ‘अ“ तपाई पनि जिस्कनु हुन्छ, मेरो नाम पो त सपना ।’–उनले मेरो कुरा काटिन् । मैले भने–‘होइन, त्यो हिमालको नामै छैन त्यसैले तिम्रो नामबाट हिमालको नाम राखेको मैले । रुपाकोट घुम्न आउने हरेक जोडीले आफ्नो प्रियतम्को नाममा त्यो हिमालको नाम राख्छन् । प्रियतम्को नामबाट त्यो हिमालको नाम राख्दा हिमालझै अटल र अमर माया“ रहन्छ रे ।’ यतिभन्दा–भन्दै भावुक भइन् । उनी मेरो छातीमा टा“सिइन् । उनको आ“खा रसाएको थियो । उनका कोमल हातका औलाहरुले मेरा हात सुम्सुम्याइरहेको थियो । उनले भन्दै थिइन्–‘हामी दुई किनारमा उभिएका छौं । अर्को नया“वर्षमा भेट हुन्छ कि हुदैन । भेट भएन भने पनि मलाई सम्झेर त्यो हिमाललाई हेर्नु । तपाईप्रतिको माया“ त्यो हिमालझै अटल र अमर रहिरहने छ...’ यतिकैमा उनीसंग रुपाकोट जाने साथीहरु आइपुगे । मेरो छातीबाट छुटिन् । अनि हात हल्लाउ“दै घामको बाबारिम्झै बिलिन् भइन् । मेरा आ“खामा पनि आ“शु बगेछ । हिमाल हेरे“ बाबारिम् थिएन । सा“झले मधुरो भइसकेका थिए हिमाल ।।।
प्रकाशित मिति २०७७ बैशाख २

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित