खोटाङका दुई पत्रकार पुरस्कृत, छ जना सम्मानित

  • प्रकाशित मितिः बैशाख २८, २०८१
  • 249 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २८–रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकर्मी सहित दुई जना पुरस्कृत भएका छन् । यातायातको क्षेत्रमा कलम चलाएर योगदान पुर्याएकोमा रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकी सविना अछामे र समायोजन खबर डटकमका चिसाङ शेर्पा बैशाख २८ गते पुरस्कृत भएका हुन् ।
खोटाङ यातायात प्रालिले दशौं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनको अवसरमा नगद पाँच हजार, दोसल्ला र प्रमाणपत्र सहित पुरस्कृत गरेको हो । त्यस्तै यातायातको क्षेत्रमा योगदान पु¥याउँने विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङ्का अनुसार सम्मानित हुनेहरूमध्ये असल चालचलन भएका चालकहरू कृष्णबहादुर श्रेष्ठ र विज्ञान भुजेललाई जनही नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।
खोटाङ यातायात व्यावसायी संघका संस्थापक अध्यक्ष उपीनकुमार राई, सचिव बुद्धिविनोद लुइटेल, जग्गादाता विष्णुुकुमार श्रेष्ठ र जिल्लामा बस जिल्ला ल्याउन सहयोग गर्ने काठमाडौं महानगरपालिका–३२ का जीतबहादुर भारतीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हिङमाङले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार, वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला, जिल्ला समन्वय समिति उपप्रमुख सुरेश तामाङ र खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित