नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २८–रक क्लाइम्बिङ गर्ने क्रममा खसेर बैशाख २७ गते निधन भएका कांग्रेस खोटाङका युवा नेता सुचन राईको शव अन्त्यष्टि गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासंग दुई बुँदे समझदारीपछि पोष्टमार्टम गरी किरात संस्कार अनुसार बैशाख २८ गते अन्त्यष्टि गरिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको असावधानीले राईको मृत्यु भएको भन्दै आफन्तले असन्तुष्टी पोखेपछि नगरपालिका र आफन्तबीच बैशाख २८ गते विहान छलफल गरी शव जिम्मा लिनेसहमती भएको थियो । मृतक राईको नाममा दश लाख रूपैयाँको अक्षयकोष स्थापना गर्ने र रक क्लाइम्बिङ गर्ने ठाउँमा पार्क सहित मृतक राईको पूणकदको सालिक राख्ने सहमती भएको हो ।

सहमतीपत्रमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई तथा आफन्तको तर्फबाट मृतका काका हरिनारायण राई, किरात सेवा समाजका गजेन्द्र राई र किसन राईको महस्ताक्षर छ । मृतक राई कांग्रेस खोटाङ (क) का सदस्य तथा तरुण दल खोटाङका सदस्य थिए । उनको शव पोष्टमार्टमपछि कांग्रेस कार्यालयमा राखेर शोकसभा गरी जन्मथलो दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित