दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

  • प्रकाशित मितिः वैशाख २७, २०८१
  • 1631 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २७–दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालय बीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदानप्रदान गर्ने समझदारी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा क्याम्पस र विश्वविद्यालय बीच बैशाख २७ गते समझदारी भएको हो ।
शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि दिक्तेल बहुमुखी क्याम्पस र सोङगोक विश्वविद्यालयबीच शिक्षा क्षेत्रको अनुभव आदानप्रदान गर्ने, दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थी सोङगोक विश्वविद्यालयमा गएर अध्ययन गर्न चाहेको खण्डमा क्याम्पसको सिफारिसमा सोङगोक विश्वविद्यालयले भर्ना गर्ने, क्याम्पसको सिफारिसमा परेका विद्यार्थीले कोरियन भाषा अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने, खोटाङ र दक्षिण कोरिया बीच कला, साहित्य र संस्कृति आदान–प्रदान गर्ने लगायतमा दिक्तेल बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिकी अध्यक्ष दुर्गाजयन्ती राई र सोङगोक विश्वविद्यालयको तर्फबाट महासचिव डा. जीन सेउब चोईले हस्ताक्षर भएको हो ।
दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेपछि सोङगोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पससंग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए । समझदारीका लागि महासचिव डा. चोईसँगै नोग्योप विश्वविद्यालयका निर्देशक डा. ली साङ जोनसमेत दिक्तेल आएका हुन् ।
समझदारीपत्र आदानप्रदानपछि सोङगोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष राईलाई सोङगोक विश्वविद्यालयको लोगो (चिन्ह)समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित