रक क्लाइम्बिङ गर्ने क्रममा खसेर युवाको मृत्यु

  • प्रकाशित मितिः बैशाख २७, २०८१
  • 1113 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २७–रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बैशाख २७ गते बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा स्थायी घर भई दिक्तेल हाटडाडाँ बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार भीरबाट लडेपछि बेलुकी साडे छ बजे जिल्ला अस्पतालमा ल्याइएको थियो । सात बजेतिर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी खड्काले सुनाए । करिब ३२ मिटर अग्लो मझुवाभीरमा गत चैत २३ गते रक क्लाइम्बिङको परीक्षण गरिएको थियो । नेपाल नेश्नल माउण्टेण्ट गाइडले रुड निर्माण गरेको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिम समेत दिएको थियो । उक्त तालिममा सात जना स्थानीय युवा र सशस्त्र प्रहरी वल हलेसी गुल्मका पाँच जना गरी १२ जनाले तालिम लिएका थिए । यसमध्ये सुचन पनि एक थिए ।
रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेश्नल माउण्टेण्ट गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित