नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउ“पालिका–१ बराहपोखरीकी ५० वर्षीय मेनुका राईको खुकुरी प्रहारबाट आफ्नै ५० वर्षीय श्रीमान छकुमार राईको मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट राईको बैशाख १ गते दिउसो घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए । श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका मेनुकालाई बैशाख २ गते जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको छ । मेनुकाले श्रीमानको टाउको, ढाड लगायतका विभिन्न ठाउ“मा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित