दिक्तेल बजारमा जीवाणु नाशक विषादी

  • प्रकाशित मितिः चैत २९, २०७६
  • 1451 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाशक गर्ने रसायन छर्किएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारको रत्नपार्कस्थित किराँतचोकदेखि सोडियम हाइपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट चैत २८ गते राती छर्किएको हो ।
किराँतचोकदेखि शुरु गरिएको सोडियम हाईपोक्लोराइड छर्किने अभियान रत्नपार्क, सङ्गमपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, भवनगैरा लगायतका क्षेत्रमा सम्पन्न गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्किएको हो ।’ आचार्यले भने–‘दिक्तेल बजार लगायत घनाबस्ती भएका अन्य क्षेत्रमा पनि क्रमशः सोडियम हाईपोक्लोराइड स्प्रे गरिनेछ ।’
हरेक वस्तुको शतहमा रहेका जीवाणु, भाइरस तथा व्याक्टेरिया मार्नका लागि बजारका घना वस्ती, बढी चहलपहल भएको क्षेत्र र सङ्क्रमणको उच्च जोखिमका रुपमा शङ्का गरिएका ठाउँमा सोडियम हाईपोक्लोराइड छर्किइने आचार्यले सुनाए । नगरक्षेत्रका अन्य बजारहरुमा पनि उक्त विषादी छर्किने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । तस्बिर : सन्जीव राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित