नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रतिनिधिहरु र कर्मचारीहरुले समेत कोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन् । सरकारले १५ दिनको पारिश्रमिक कटाई सकेको र बा“की १५ दिनेको समेत जम्मा गर्ने भट्टराईले बताए । ‘मैले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेको छु ।’ भट्टराईले भने–‘यसमध्ये सरकारले १५ दिनको कटाएर दिएको रकम पनि जम्मा गरिदिन्छु ।’
साकेला र खोटेहाङ गाउ“पालिकाका जनप्रतिनिधिले पनि एक÷एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । केपिलासगढी गाउ“पालिकाका जनप्रतिनिधिले १५ दिनको सेवा सुविधा बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गाउ“पालिका प्रमुख, उपप्रमुख र सबै वडाध्यक्षहरुले १५–१५ दिनको सेवा सुविधा बापतको रकम उपचार कोषमा जम्मा गर्ने चैत २६ गते निर्णय गरेको केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए । ऐसेलुखर्क गाउ“पालिकामा कार्यरत ८७ जना कर्मचारीले ५ दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको लेखाशाखा प्रमुख पंकज आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित