कोरोना भाइरस परीक्षण : नेगेटिभ

  • प्रकाशित मितिः चैत्र २४, २०७६
  • 917 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोभिड १९ संक्रमण भएको पुष्टि भएपछि उनीसंग कतारबाट काठमाण्डौं आएका खोटाङ जन्तेढुंगा गाउ“पालिका–३ काहुलेका ४० वर्षीयको नमूना (स्वाव) परीक्षणमा नेभेटिभ देखिएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षण रिपोर्टमा नेगेटिभ रिपोर्ट आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘उनको रिपोर्ट नेगेटिभ आयो ।’ शर्मा पौडेलले भने–‘घर आएको १४ दिनभन्दा बढी बितिसके पनि संक्रमण भए÷नभएको तथ्य खुलाउन स्वाव परीक्षणमा पठाइएको थियो ।’
कोभिड १९ को आशंकामा जिल्ला अस्पताल खोटाङका तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत उनको नमुना संकलन गरेर परक्षीण गर्न चैत २१ गते धरान पु¥याइएको थियो । विदेशबाट आएपछि चैत १२ गतेदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । उक्त जहाजमै फर्किएका केपिलासगढी गाउ“पालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमै छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित