आइसोलेसनबाट भागेकालाई क्वारेन्टाइनमा राखियो

  • प्रकाशित मितिः चैत्र २४, २०७६
  • 1062 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई समातेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा चैत २३ गते राखिएको हो ।
ज्वरो आएपछि कटारी अस्पतालको आइसोलेसनमा तीन दिन बसेको र त्यहा“बाट भागेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेस्थित आफन्त (बहिनी ज्वाइ)कोमा बस्दै आएको जानकारीपछि फेरि क्वारेन्टाइनमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । नगरप्रमुख राईका अनुसार भागेर आफन्तकोमा तीन दिनदेखि बसेकाले आफन्तसहित क्वारेन्टाइनमा राखिएको राईले सुनाए । उनी भारत बसेर भर्खरै आएका हुन् । उनी भारतको सिलीगुढीबाट का“कडभिट्टा हु“दै घर फर्केका हुन् । उनीहरुलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने नगरप्रमुख राईले सुनाए । उनीहरु क्वारेन्टाइनमा रह“दाको खर्च नगरपालिकाले बेहोर्ने नगरप्रमुख राईले सुनाए ।
प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार जिल्लाका एक सय ३८ जना विदेशबाट आएका र तिनका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । यसमध्ये १५ जना पालिकाले बनाएको क्वारेन्टाइनमा र अन्य होम क्वारेन्टाइनमा छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउ“पालिकामा तीन सय ७५ क्वारेन्टाइन बनाइएको छ । खोटाङ अस्पतालमा तीन वटा आइसोलेसन बनाइएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुको नमूना (स्वाव) परीक्षणका लागि धरान पठाउ“ने तयारी गरिएको प्रजिअ शर्मा पौडेलले बताए । यसका लागि खोटाङ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीलाई खटाइने छ । स्वाव पठाउने व्यवस्थाका लागि भने सम्वन्धित पालिकाले व्यवस्थापन गर्नु पर्ने प्रजिअ शर्मा पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित