लकडाउनले बिचल्लीमा परेकालाई खाद्यान्न

  • प्रकाशित मितिः चैत्र १४, २०७६
  • 879 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १४–चार दिनदेखिको लकडाउनले बिचल्लीमा परेका कामदारलाई खाद्यान्न वितरण गरिएको छ । दिक्तेल–खानीडाडा“–आहाले सडकमा काम गर्ने कामदारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत १४ गते खाद्यान्न वितरण गरेको हो ।
नगरक्षेत्रभित्र कोही पनि भोकै बनसोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । रिजालका अनुसार उक्त सडक खण्डका १५ कामदारलाई चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न उपलब्ध गराइएको हो । उक्त सडक खण्डमा काम गर्ने कामदारहरुको चार बालबालिका समेत छन् । वितरण गरिएको खाद्यान्न दुई सातासम्मलाई पुग्ने नगरप्रमुख रिजालले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित