नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विदेशबाट घर फर्किएका पा“च जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खाका ४७, ३०, २२ र उक्त पालिकाकै वडा नै ३ छोरम्बुका ३१ वर्षीय गरी पा“च जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुमध्ये २२ वर्षीय युवा पा“च दिनअघि भारतको वेस्ट बङ्गालबाट, ३० वर्षीय साउदीबाट चार दिनअघि र ४७ वर्षीय भारतको मेघालयबाट चार दिनअघि आएकालाई चैत १२ गते र अन्य दुई जनालाई चैत १३ गते क्वारेन्टाइनमा राखिएको हो । उनीहरुमध्ये चैत १० गते सिक्किमबाट घर आइपुगेका छोरम्बुका ३१ वर्षीय दुई युवालाई चैत १३ गते क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई १४ दिनसम्म याम्खास्थित क्वारेन्टाइनमा राखिने अध्यक्ष राईले बताए । उनीहरुका परिवारलाई भने होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अध्यक्ष राईले जनाए । उनीहरुको अवस्था सामान्य भए पनि जोखिमको सम्म्भावना भएकाले क्वारेन्टाइनमा राखिएको राईको भनाई छ । उक्त पालिकाले याम्खामा ४० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–ललितपुर, बैशाख ६–महिल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–रूपाको�... ... ...
नमस्ते खोटाङ संवाददाता–इलाम, बैशाख ६–महिला, बा... ... ...
नमस्ते खोटाङ संवाददाता–सुनसरी, बैशाख ६–महिला, ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–भीरबाट �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित