कभर्ड हलमा क्वारेन्टाइन

  • प्रकाशित मितिः चैत्र ११, २०७६
  • 1419 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ११–कोरोना भाइरस सम्भावित विरामीका लागि माटिकारेस्थित कभर्डहलमा क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।
क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ गण मुढे ब्यारेकाका नेपाली सेना खटिएका हुन् । दिक्तेल बजारस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा निर्माण गर्न नदिएपछि कभर्डहलमा निर्माण गरिएको हो । उक्त बोर्डिङ व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले राख्न नदिएपछि राख्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । श्रेष्ठले भने बजारको बीचमा विरामीलाई राख्न नमिल्ने भएकाले नदिइएको बताए ।
बोर्डिङमा राख्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा राख्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार चैत १० गते जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको अध्यक्षता भएको बैठकले बोर्डिङमा क्वारेन्टाइन राख्ने बारे निर्णय भएको थियो । अन्य पालिकाहरुमा पनि क्वारेन्टाइन निर्माण भइरहेको शर्मा पौडेलले सुनाए । उनका अनुसार हरेक पालिकामा ४० शैयाको क्वारेन्टाइन बनाउ“न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित