खोटाङमा १८ गतेसम्मका लागि लकडाउन

  • प्रकाशित मितिः चैत्र ११, २०७६
  • 1328 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ११–कोरोना भाइरस महामारीबाट जोगिन खोटाङमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विहान सूचना मार्फत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले जारी गरेको आदेशमा औषधी तथा उपचारजस्ता अत्यावश्यक काम बाहेकका लागि कुनै पनि व्यक्ति घरबाट ननिसस्कन उल्लेख गरिएको छ । खाद्यवस्तु, इन्धनका लागि बिहान सात बजेदेखि नौ बजेसम्म र बेलुकी चार बजेदेखि छ बजेसम्म निस्कन पाइने उल्लेख छ । यो आगामी चैत १८ गते विहान छ बजेसम्मका लागि लागू हुने उल्लेख छ ।
प्रशासनको अनुमति प्राप्त स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक साधन सञ्चालन गर्न रोक लगाइएको छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, दूरसञ्चार, सूचना तथा सञ्चार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था मिलाउ“न आदेश गरिएको छ । अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्वन्धित कार्यालय प्रमुखले विदा दिन व्यवस्था मिलाउन समेत आदेश उल्लेख गरिएको छ ।
औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, विद्युत, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कारखानाहरुमा काम गर्ने श्रमिक र कर्मचारीलाई सम्वन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउ“न आदेश गरिएको छ । व्यवसायीहरुले औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाई मुल्यबृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी वा लुकाउ“ने वा आपूर्ति अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिई कारबाही गरिने उल्लेख छ ।
आदेश कार्यान्वयनका लागि विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार बमोजिम जिल्लास्थित सरकारी कार्यालयका सवारी साधनलाई नियन्त्रणमा लिई विपद् जोखिम न्युनीकरणका लागि प्रयोग गर्ने समेत आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित