चैत ११ गतेदेखि व्यापार व्यवसाय बन्द गर्न आग्रह

  • प्रकाशित मितिः चैत १०, २०७६
  • 1174 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–कोरोना भाइरस महामारीबाट जोगिन चैत ११ गतेदेखि ब्यापार व्यवसाय बन्द गर्न आग्रह गरिएको छ । चैत १० गते बसेको सर्वपक्षीय बैठकले व्यापार व्यवसाय बन्द गर्ने निर्णयपछि अनुरोध गरिएको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार अत्यावश्यकीय उपभोग्य वस्तु, औषधी, पेट्रोलियम पदार्थ बाहेक अन्य पसल बन्द गर्ने निर्णय गरिएको छ । बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति समेत निर्माण गरेको छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको संयोजकत्वमा सबै पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, (नेपाली सेना, सशस्त्र, जनपथ) सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, रेडक्रस लगायतका प्रतिनिधि सदस्य रहेको समन्वय समिति निर्माण गरेको हो । उक्त बैठकले दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा ३६ वटा बेड सहितका क्वारेन्टाइन राख्ने समेत निर्णय भएको प्रजिअ शर्मा पौडेलले सुनाए ।
त्यसैगरी खोटाङ उद्योग वाणिज्य संघले अत्यावश्यकीय उपभोग्य वस्तु बाहेक अन्य पसल बन्द गर्न आफ्ना साधारण सदस्यहरुलाई आग्रह गरेको छ । वाणिज्य संघले चैत १० गते नै विज्ञप्ती जारी गर्दै कोभिड १९ को जोखिम र यसबाट सावधानी अपनाउन चैत ११ गतेदेखि २१ गतेसम्म पसल बन्द गर्न आग्रह गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित